एमालेको स्थायी कमिटी आकस्मिक बैठक बालुवाटारमा
काठमाडौं, २३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी वैशाख २७ प्रधानमन्त्रीले लिने विश्वासको मत, आगामी वैशाख ६ गते हुने वागमतीको राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना पनि रहेको छ ।
एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको स्थायी कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्