आजदेखि थपियो काठमाडौं उपत्यकामा एकहप्ता निषेधाज्ञा
२२ वैशाख । काठमाडौं उपत्यकामा आज बुधबारदेखि एकहप्ता निषेधाज्ञा थपिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाण्डौमा एक हप्ता निषेधाज्ञा थपिएको हो ।
काठमाडौंमा निषेधाज्ञा थप कडाइसहित वैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
तरकारी र खाद्यान्नका पलसहरू बुधबारदेखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
काठमाडौं उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनको क्वरेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्