क्यान्सर अस्पताल आउने बिरामी र कुरुवालाई पिसिआर अनिवार्य

भरतपुर। भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ । अस्पतालले एक सूचना प्रकाशित गदै कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको बताएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमद्वारा प्रकाशित सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गदै भनिएको छ, “अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।” यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ ।
फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन अनुरोध गदै अस्पतालकोसेवा लिन आउँदा अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ । बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##क्यान्सर अस्पताल, ##पिसिआर अनिवार्य, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्