Techie IT
बुधबार, मंसीर ३,२०८३

मिडिया हाउसको कार्डको दुरूपयोगको आशंका , पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य


काठमाडौं । पत्रकारलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीं ले मिडिया हाउसको कार्डको दुरूपयोग भएको आशंका गरिएको भन्दै सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिंड्न दिने निर्णय गरेको हो ।

यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।

यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिंड्न पाउने गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ##पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य


तपाईको कमेन्ट लेख्नुहोस्