अब रहेनन् संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल
मष्तिष्काघातका कारण निधन
काठमाडौं।राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहेका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।अविवाहित रहेका स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम खाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##विदुर पौडेल#निधन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्