Techie IT
मंगलबार, वैशाख २३,२०८२

कामपाले तोक्यो निःशुल्क एम्बुलेन्स सेवा, एम्बुलेन्स चालक र स्थान

कुन कुन ठाउँबाट,क कस्लाई त ?


काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा उपब्ध गराएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जान सक्ने भन्दै कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो ।यसका लागि कामपाले एम्बुलेन्स चालक ,स्थान समेत तोकेको जनाएको छ।

( हेर्नुहोस् स्थान र एम्बुलेन्स र चालकको सम्पर्क नम्बरसहित)

चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ ।

यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।

उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था गरिएको महानगरले जनाएको छ। ।

कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा रहेको र । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि भएको बताईएको छ ।

यसका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । भने सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स रु एक लाख २१ हजार शुल्क भुक्तानी गर्ने प्रमुख शाक्यको भनाई छ । उनका अनुसार यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न नपाउनुका साथै। डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दूरीभन्दा बाहिर पनि जानुपर्ने नगरपमुख शाक्यको भनाई छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##निःशुल्क एम्बुलेन्स सेवा, #breaking, #कामपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545