नेपाली सेनाका बजगाईले गरे अनाथ बालबालिकालाई स्टेसनरी सहयोग
पुराणको अवसरमा बजागाईले घर परिवार, कथा बाचन गर्ने गुरुहरु सहित ३३ जनालाई नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य समेत बनाएका छन् ।
खाँदबारी । संखुवासभाको खाँदबारी नगरापलिका–८ का पवन बजागाईले अनाथालय र बहिरा तथा सुसत श्रवण कक्षाका बालबालिकाकाहरु स्टेसनरी सहयोग गरेका छन् । नेपाल आर्मीका कर्मचारी बजागाईले विद्याथीहरुको पढाईमा सहयोग पु¥याउने उदेश्यले स्टेसनरी सहयोग गरेका हुन् ।

माट्स नेपाल द्धारा सञ्चालित अनाथालय र महेन्द्र मावि मानेभञ्याङमा संचालित बहिरा तथा सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गरेको बजागाईले जानकारी दिनुभयो । घरमा लगाएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा बजागाईले उक्त सहयोग गरेका हुन् । सोही अवसरमा पुगेका जिल्ला प्रहरी कार्यालय संखुसभाका डिएसपी नवराज मल्लले पनि अनाथलय र बहिरा तथा सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पुराणको अवसरमा बजागाईले घर परिवार, कथा बाचन गर्ने गुरुहरु सहित ३३ जनालाई नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य समेत बनाएका छन् । रेडक्रसका जिल्ला सभापति सरोज बज्राचार्यले परिवारलाई सामाजिक सेवा क्षेत्रमा अगाडी बढाएकोमा पूर्व रेडक्रस कार्यटोली नेता तथा वरुण बहुमुखि क्याम्पस युवा रेडक्रस सर्कलका पूर्व अध्यक्ष बजगाईलाई धन्यवाद दिनुभयो । सामाजिक सेवाको भावना बोकेका बजागाईले सामाजीक क्षेत्रमा गरेका कार्यहरु सराहनिय रहेको सभापति बज्राचार्यको भनाई छ ।

बजगाईले आफ्नो विवाहको अवसरमा यस अघि बरुण बहुमुखी क्याम्पस खाँदबारीमा १ लाख २५ हजार ५ सय २५ रुपौयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुका साथै सुस्त श्रवण तथा वाहिरा श्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गर्नुभएको थियो ।

क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #नेपाली सेना, #पवन बजगाईं, #महेन्द्र माबि मानेभन्ज्यांग, #माट्स नेपाल खाँदबारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्