मानव सेवा आश्रमलाई टोखा नगरपालिकाद्धारा औषधी र स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडौं । मानव सेवा आश्रमलाई टोखा नगरपालिकाले औषधी र स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ८ औं नगर सभाबाट भएको निर्णयअनुसार मानव सेवा आश्रमलाई स्वास्थ्य सामाग्री र औषधी वितरण गरेको नगर स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले बताए ।
कुलालकाअनुसार स्वास्थ्य सेवासम्बन्धी ३८ प्रकारका औषधी, १७ प्रकारका औजाररउपकरण रहेका छन् । जसमा अक्सिजन कन्सनट्रेटर, ईसिजि मेसिन, स्टेचर, ह्वीलचिएरदेखि ड्रेसिङ लगायतमा आवश्यक सामानहरु रहेका छन् । मेडीकल कक्षमा आवश्यक पर्ने औषधि राख्ने दराज र फाइलहरु समेत नगर प्रमुखको हातबाट हस्तान्तरण भएकोे छ ।
मानव सेवा आश्रमले देशैभरी सडकमा रहेका अनाथ मानिसहरुको व्यवस्थापन गर्दै आइरहेको छ । हेटौंडामा मुख्य कार्यालय सञ्चालन गरेर देशैभरी शाखा कार्यालय सञ्चालन गरी सडकमा मानवमुक्त गर्नका लागि २४ सै घण्टा लागिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मानव सेवा आश्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्