Techie IT
आईतबार, जेठ ५,२०८२

पूर्वमहारानी कोमल आइसीयूमा


पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उहाँले भन्नुभयो । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ । उहाँकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ ।

केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पूर्वमहारानी कोमल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am6:48 pm +0545