व्यवस्थित लकडाउन गरी कोरोना संक्रमणको चेन तोड्न संसदीय समितिको सुझाव
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सकोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै सरकारलाई २१ बुँदे निर्देशन तथा सुझाव दिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले उक्त २१ बुँदे निर्देशन पारित गरेको थियो । समितिले कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम ९चेन० तोड्नका लागि व्यवस्थित लकडाउन गर्नु पर्ने सुझाव सकारलाइ दिएको हो ।
सरकारले बिहीबारदेखि लागु हुनेगरी पहाडी क्षेत्रका जिल्लामा २०० भन्दा बढी र सहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । तर संसदीय समितिले भने व्यवस्थित रूपमा लकडाउन गर्नका लागि सुझाव दिएको छ ।
त्यस्तै गरि , समितिले कोरोना संक्रमणको चेन तोड्नका लागि गरिने निषेधाज्ञा र लकडाउनका क्रममा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई स्वास्थ्य परामर्श दिनका लागि टेलिमेडिसिनको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
बैठकमा संघीय सरकारका मन्त्रालयहरूबीच आवश्यक समन्वय नभएको संसदहरुको गुनासो गरे । त्यस्तै, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच कोरोना नियन्त्रणका लागि समन्वय अभाव भएको उनीहरूको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##२१ बुँदे निर्देशन, ##शिक्षा तथा स्वास्थ्य समिति, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्