शान्ति सुरक्षामा असर पुर्याएको आरोपमा ६ जना तेश्रो लिंगी पक्राउ

चितवन । चितवन प्रहरीले अश्लिल हर्कत तथा गतिविधी गर्ने र हो-हल्ला गरी समाजमा शान्ति सुरक्षा असर पुर्याएको आरोपमा ६ जना तेश्रो लिंगीहरूलाइ पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ३ ओरालो स्थित सडक खण्डको एरियामा रातको समयमा बाटोमा हिँड्ने स्थानीयलाई सामाजिक मर्यादाविपरीत खालको क्रियाकलाप गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाइ हिजो (आइतबार) पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार कसुरमा थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
समाजमा शान्तिसुरक्षा कायम गर्न आफुहरु सदैव कटिबद्ध रहेको बताउँदै (एसपी) अधिकारीले शान्तिसुरक्षामा खल्ल पुर्याउने जोकोही भएपनि त्यस्ता ब्यक्तिलाइ कानुनी कठघरामा उभ्याएरै छाड्ने बताए । समाज निर्माणमा स्थानीयको पनि उल्लेखनीय भुमिका रहने भएकोले समाजमा अशान्ति मच्चाउने र होहल्ला गरी आतंक मच्चाउने उपर प्रहरी कठोर हुने उनको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्