Techie IT
आईतबार, जेठ ५,२०८२

काठमाडौं उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव


काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ ।

के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’

प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर्णय गर्छौ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #निषेधाज्ञा लगाउन प्रस्ताव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:11 am6:48 pm +0545