‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
कोभिड–१९ को महामारीका कारण उहाँको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन । सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गर्नुभएका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनुभयो ।
“सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्”, उपप्रधानमन्त्री पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ । नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको जनाउँदै पोखरेलले भन्नुभएको छ, “आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।
” विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् ।
“उहाँको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्”, पोखरेलको विज्ञप्तिमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनमोहन अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्