चालकलाई प्रहरीको प्रश्न : ‘तपाईंको मास्क खोई ?’
चितवन । कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्न थालेपछि चितवनमा प्रहरीले सुरक्षा जाँचलाइ थप कडाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार सवारी साधनको जाँच गर्दै आएको प्रहरीले पछिल्लो समय स्वास्थ्य सुरक्षा मापदण्डलाइ समेत मध्ययनजर गर्दै सर्वसाधारणलाई मास्क लगाउन सचेत गराइरहेको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उनले बताए ।
(एसपी) अधिकारीका अनुसार ठाउँठाउँमा खटिएका प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रम गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् । निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गर्छौं, नलगाएको पाइए मास्क निःशुल्क उपलब्ध गराउने कार्य गर्दै आएको उनलेे बताए ।
मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको प्रहरी प्रमुख अधिकारीले गुनासो गरे । उहाँहरु मध्य अधिकांशले आफुसंग मास्क साथमा राख्नुहुन्छ तर, लगाउनुहुन्न ।
उसो, त देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबै भन्दा बढी जोखिम क्षेत्रको रूपमा मानिन्छ । यो समाचार तयार पार्दासम्म चितवन जिल्लामा सक्रिय संक्रमितको संख्या ४६७ नाघेको छ भने मृत्यु हुनेको संख्या ११६ पुगेको छ । तर, पनि मानिसको भीडभाड हुने र आफ्नु स्वास्थ्य सुरक्षालाइ नागरिक स्वयंले नै पालना गरेको भने पाइदैन ।

क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्