Techie IT
सोमबार, वैशाख २९,२०८२

उपत्यकामा निषेधाज्ञा हुने निक्ष्चित


कामाडौं ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र /सीसीएमसीले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यकामा निषेधाज्ञा  निक्ष्चित हुने जस्तो देखएको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तो अवस्थामा स्थानीय निकायलाई निषेधाज्ञाको अधिकार प्रत्यायोजन गरेको छ ।

पहाडी जिल्लाहरुमा पनि २ सयभन्दा बढी सक्रिय संक्रमित र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका कारण निषेधाज्ञा हुनसक्ने निक्ष्चित देखिएको हो ।

निषेधाज्ञाबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेको बताएकाछन् ।काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : ##निषेधाज्ञा हुने निक्ष्चित, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545