काठमाडौंमा लकडाउन गर्न सिफारिस
काठमाडाैं, १२ वैशाख । भारतमा कोरोनाले भयावह स्थिति निम्तिएसँगैै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । यो अवस्थालाई ध्यानमा राखी काठमाडौंमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ ।
स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ ।सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंका बासिन्दाको लापरबाही रोक्न उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतको दाबी छ । यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा लकडाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्