काठमाडौंको शान नेपालीकै पहिचान ‘धरहरा’ ठडियो
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन
सीता पौडेल (अर्चना)
काठमाडौं । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरोहर/काठमाडौंको शान सम्पूर्ण नेपालीकै पहिचान बोकेको धरहरा पुनः ठडिएको छ ।
६ वर्षपछि पुनर्जीवन पाएको नवनिर्मित २५ तल्ला अग्लो धरहराको आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नवनिर्मित धरहरा जमीनमुनि २ तला, सतहमा १ तल्ला र बाँकी २२ तल्लासहित २५ तल्ला अग्लो बनाइएको छ भने यसको उचाइ ८३.८५ मिटर रहेको प्रधिकरणले जनाएको छ।

लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गदै प्रधानमन्त्री ओलीले पहिला धरहरामा राखिएको शिलालेख अनावरण गरे त्यसपछि उनी धरहराको बालकोनीमा पुगे र त्यहाँबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गरे अनि लिफ्टबाट २०औं तलामा रहेको बालकोनीमा पुगे र पुष्प वृष्टि गरे ।
‘मै बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण जिम्मा लिएको थियो । जिम्मा लिएको करिब साढे दुइ वर्षमा धरहराको पूनःनिर्माण सम्पन्न भए पनि त्यसका अन्य संरचनाहरु निर्माणका काम अझै बाँकी भएको र तिब्र रुपमा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बताएका छन्। उनका अनुसार धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढी लागत अनुमान गरिएको र कोषबाट अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ ।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइनसकेको बताइएको छ । त्यसैले सरकारले धरहराबाट देखिने सुन्दर दुश्यावलोकन गर्न भने अझै केही समय धैर्य गर्न सबैलाई अनुरोध गरेको जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##आज उद्घाटन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्