एमाले नेताहरूको कार्यविभाजन : काठमाडौको ईन्चार्ज कृष्ण गोपाल श्रेष्ठ , सहईन्चार्जमा कृष्ण राई
बैशाख १० । सत्तारुढ नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएन । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहमा रहेका नेताहरु पार्टीको मूलधारमा फर्किएपछि उपर्युक्त जिम्मेवारी दिइने जानकारी दिनुभएको छ । बैठकले नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरेको हो ।
नयाँ जिम्मेवारीअनुसार अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन । यसैगरी विष्णु पौडेल संगठन विभाग प्रमुख र रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।
स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन ।
यस्तै काठमाडौ जिल्लाको ईन्चार्ज कृष्ण गोपाल श्रेष्ठ रहेका छन भने सहईन्चार्ज मा कृष्ण राई रहेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले नेताहरूको कार्यविभाजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्