नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सकियो , नयाँ स्थायी कमिटीको गठन , स्थायी कमिटीमा बामदेव बसे, नेपाल बसेनन्
फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय
सीता पौडेल(अर्चना)
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्माओली निवास बालुवाटारमा आज बसेको एमालेको सो बैठकले
नयाँ स्थायी कमिटीको गठन समेत गरेको छ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका हुन् ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेको बताइएको छ ।
स्थायी कमिटीमा वामदेव गौतम बसेका छन् भने नेता माधव कुमार नेपाल बसेनन् ।
त्यस्तै बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय समेत गरेको छ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमालेका ती संसदले
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##निर्णय, ##बैठक सकियो, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्