काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ
सीता पौडेल (अर्चना)
काठमाडौं। कोभिड –१९ को संक्रमण बढ्दै गएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका दुई दर्जन ठाउँमा चेकिङ प्वाइन्ट राखेको छ। सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड अनुसार सार्वजनिक यातायातमा समेत कडाई गर्न थालिएको छ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने , सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्ने , सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, चालक र सहचालकले मास्कका साथै भाइजरसमेत अनिवार्य लगाउनु नयाँ मापदण्डमा उल्लेख छ । यस मापदण्डलाई कायम गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका दुई दर्जन ठाउँमा चेकिङ प्वाइन्ट राखेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराइका अनुसार यी चेकिङ प्वाइन्टबाट मापदण्ड पालना गरेको वा नगरेको कडाईका साथ चेकिङ् गरिन्छ ।तसर्थ सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
महाशाखाले नयाँबजार, पुरानो बसपार्क,कमलपोखरी, कलंकी चोक, सीतापाइला,एकान्तकुना, बल्खु लगायतका विभिन्न स्थानमा चेकिङ राखेको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : ##कडाई, ##ट्राफिकको चेकिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्