Techie IT
बुधबार, मंसीर ३,२०८३

सामाखुसीमा हावाहुरीले भवनको भाग उडाउँदा २ जना घाइते


काठमाण्डौ ,बैशाख ५।

शनिबार साँझ चलेको हावाहुरीका कारण काठमाडौँको सामाखुसीस्थितको एक भवनको भाग उडाउँदा २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अर्जुन कार्कीको घरमा खुल्दै गरेको बर्गर हाउसको भवनको भाग सडकमा खसेको थियो । भवनको भाग खस्दा २ वटा स्कुटी र मोटरसाइकल  छोपिएका  थिए ।

घटनामा दुई जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा २४ वर्षीया दीपिका महर्जन र रोमस महर्जन रहेका छन् ।

भवनको भाग सडकमा खसेको कारण सडक पनि अवरुद्ध हुन पुगेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सामाखुसीमा हावाहुरी


तपाईको कमेन्ट लेख्नुहोस्