कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज हुँदै
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे हुँदै छ । अधिवेशनमा त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने बताइएको छ । यसका लागि मुख्यमन्त्री शाहीले यसअगावै प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाउन भनेका थिए ।
यता नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल नै गरेको छ ।
माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिलसमेता गरेकी छन् ।
गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीअल्पमतमा परेका थिए ।
३९ सदस्य रहेको प्रदेश सभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । अब वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #3मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्