कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज हुँदै
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे हुँदै छ । अधिवेशनमा त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने बताइएको छ । यसका लागि मुख्यमन्त्री शाहीले यसअगावै प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाउन भनेका थिए ।
यता नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल नै गरेको छ ।
माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिलसमेता गरेकी छन् ।
गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीअल्पमतमा परेका थिए ।
३९ सदस्य रहेको प्रदेश सभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । अब वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #3मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्