Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आइसिटी क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार दिइने  सरकारको उद्घोष


काठमाडौं  । सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थामध्येबाट सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।

उक्त ५ विधामा नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टर, नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टर र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड वुमन रहेको बताइएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइट मार्फत उपलब्ध गराएको छ  ।

यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिने  सुचनामा उल्लेख छ । आवेदन फारम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##आवेदन दिन सूचना जारी, ##राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545