Techie IT
आईतबार, जेठ ५,२०८२

सिंहदरबारभित्र नायब सुब्बा(नासु)हरुको प्रदर्शन


काठमाडौं । सिहंदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी नासु पदका कर्मचारिहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा उनिहरुले प्रदर्शन गरेको बताएका छन् ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले प्लेकार्डमा ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ’,  ’गिरेको मनोबल कस्तो खोजेको प्रतिफल‘  लगायतका नारा लेखिएका थिए ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी ,अधिकृतमा पदपूर्तिको व्यवस्थाप्रति नासुहरुको आपत्ति रहेको बताएका छन् । सो श्रेणीको पदपूर्तिलागि आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने समेतका माग उनिहरुको छ । यता संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा भने अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।

संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##नासु)हरुको प्रदर्शन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:11 am6:48 pm +0545