Techie IT
शुक्रबार, वैशाख २६,२०८२

मोटरसाइकल दुर्घटनामा दुई कर्मचारीको मृत्यु


बारा । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार.) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही)पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गए राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैको मृत्यु भएको बताइएको छ । पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना२७प ६३६ नंको मोटरसाइकलमा सवार झाको घटनास्थलमा मृत्यु भएको र सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545