डढेलो नियन्त्रणमा सेनाको सक्रियता
काठमाडौं । वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताए।
एक महिनाअघि मनाङमा भएको आगलागीका साथै त्यसयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रणका लागि तत्तत् स्थानस्थित नेपाली सेनाको गण, गुल्म, बाहिनी, तथा पृतनामा खटिएका नेपाली सेनाको टोलीले सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको मेजर पौडेलको भनाइ छ ।
सोमबार राति पोखरा महानगरपालिका–२१ को जङ्गलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो । सो आगलागी नियन्त्रणका लागि बेलुका ६ बजेदेखि फष्ट रेन्जर बटालियन, एयरपोर्टका मेजर सरोज नेपाल नेतृत्वको १२० जनाको टोली खटिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##डढेलो नियन्त्रणमा सेनाको सक्रियता, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्