प्रदेश १ मा जिल्ला अस्पताल संखुवासभा पहिलो

संखुवासभा जिल्ला अस्पताल प्रदेश १ मा पहिलो
संखुवासभा- जिल्ला अस्पताल संखुवासभा प्रदेश १ मा पहिलो बनेको छ । प्रदेश १ का १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल पहिलो भएको हो । न्यूनतम सेवा मापडण्ड मापनमा जिल्ला अस्पताल संखुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । यस अघि यो अस्पताल प्रदेश १ मा १२ औ स्थानमा थियो ।
५० बेडको दितिय स्तरको प्रादेशीक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलव्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुबिधा, फोहरमैला र विपत व्यवस्थापनमा भएका ९ सय ३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गर्नुभएको थियो ।
आगामी बर्षमा थप नयाँ सुबिधा अस्पतालमा थप्ने पनि अध्यक्ष शाक्यले बताउनुभयो । यसै आर्थिक बर्षमा व्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार अस्पतालले आगामी आर्थिक बर्षमा सिटि स्क्यान र आईसियु सञ्चालन गर्ने लक्ष राखेको छ । उँहाले जिल्ला अस्पताल संखुवासभालाई प्रदेशमै नमूना बनाईने पनि बताउनुयो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्