Techie IT
शुक्रबार, वैशाख २६,२०८२

कोरोना कहर : कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण जोखिम बढ्दै गएको र भयावह हुनसक्ने भन्दै सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।

विद्यालय बन्द भएपनि अनलाइनबाट पठनपाठन भने गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि यसअघि नै विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

त्यस्तै, बैठकले कोरोना संक्रमण फैलन सक्ने भन्दै थप स्वास्थ्य सतर्कता अपनाउन पनि सबैमा अपील गरेको छ ।

त्यस्तै, बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालय बन्द गर्न सिफारिस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545