Techie IT
आईतबार, जेठ ५,२०८२

मनकामना केबुलकार फेरी ६ दिन बन्द हुने


गोर्खा । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । यस अघि पनि चैतमै सर्मतसम्हारका लागि एक दिन बन्द गरिएको थियो ।

केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए ।

चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने उनको भनाइ छ । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालिले जनाएको छ ।

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने गरि मर्मतको कामा तीन चरणमा सम्पन्न गरिने उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ## ६ दिन बन्द हुने, #hot, #मनकामना केबुलकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:11 am6:48 pm +0545