Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिए


काठमाण्डौ । आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो ।

१५ वटै शव त्रिभुवन विमानस्थलमा आइपुगेर पनि त्यहाँबाट मृतकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिनुभयो ।

शव बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष बाबुराम भट्टराई विमानस्थल पुग्नुभएको थियो । बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका मेघबहादुर कुँवर र सूर्य बिकको शव पनि ल्याइएकाले उनीहरुका आफन्तलाई भेटेर सान्त्वना दिन तथा मृतकलाई श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुग्नुभएकाे हाे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विदेशबाट १५ शव नेपाल भित्रिए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545