Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सत्यको बाटोमा हिंड्न सधैं झकझकाइरहनुहोस्,सम्पुर्ण नागरिकको शिर ठाडो हुने गरि काम गर्ने छु :मन्त्री अर्याल


सीता पौडेल

काठमाडौं । कृषि तथा पशुपंछी  विकास मन्त्री पद्यमा कुमारी अर्यालले जस्तोसुकै परिस्थितिमा पनि  सत्यको बाटोमा हिडिरहने र नागरिकको शिर ठाडो हुने गरि काम गरिहने प्रतिबद्धता व्यक्त गरेकी  छन् ।

शनिबार ‘पेलाकोट काठमाडौं सम्पर्क समाज (साविक)’ को पाँचौं अधिवेशनलाई सम्बोेधन गदै उनले भनिन , ‘ गलत पथमा लाग्ने सोच कहिले नआओस, सत पथमा हिड्न सम्पुर्ण नागरिकले मलाई प्रेरणा दिनुहोस्, नागरिकको शिर ठाडो पार्ने गरि काम गरेकी छु,गरिरहने छु र त्यसमा पनि अरुले भन्दा पृथक काम गरेर देखाउने अभियानमा छु यसमा तपाइंँको साथ , सहयोग र हौसलाको निरन्तरताको खाँचो छ ।’

मन्त्री व्यक्तिगत स्वार्थ र सत्ता लोलुप्ताका लगि नहुने भन्दै मन्त्री अर्यालले मन्त्री भएपछि आफूमा पार्टीको मात्र नभइ सबै  नागरिकको हित र समृद्ध मुलुक बनाउने जिम्मेवारीपन तथा सेवाभाव महसुस भएको धारणा व्यक्त गरिन।

साथै उनले स्याङ्गजाका प्रत्येक गाँउगाउँमा होमस्टे सञ्चालन गर्ने ,त्याहाँका लोकल खाना र खेतीलाई बढाव दिने गरि कृषि क्षेत्रको विकास गर्ने र स्याङ्गजालाई पर्यटकिय गन्तव्यकोरुपमा   विकास गर्ने  कुरामा जोड दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्री पद्यमा कुमारी अर्याल, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545