Techie IT
आईतबार, जेठ ५,२०८२

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !


काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

 

नेपालमा पनि अप्रिल फुल मनाउने प्रचलन छ । तर, अरुलाई फुल बनाउँदा प्रहरीको फन्दामा परेका उदाहरण पनि हामीमाझ छन् । अघिल्लो वर्ष पनि केहीले अप्रिल फुल मनाउँदा प्रहरीको फन्दामा परेका थिए ।

 

धेरै पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो । मानिसहरु जनावरी १ लाई होइन अप्रिल १ लाइ नै ‘न्यु एअर’ मान्दथे । पछि केहीले आन्दोलन गरेर जनवरीलाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अप्रिल फुल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:11 am6:48 pm +0545