Techie IT
शनिबार, जेठ ४,२०८२

ललितपुरको नख्खुमा बर्ड फ्लु भेटियो , हाँस, लोकल कुखुरा र बट्टाई गरि १५ सय पंन्छी नष्ट


ललितपुर ।ललितपुर महानगरपालिका वडा नम्बर १४ नख्खुमा स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले जनाएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ वटा हाँस, ८५४ वटा लोकल कुखुरा र १५४ वटा बट्टाई लगायत ९४४ वटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##नख्खुमा बर्ड फ्लु भेटियो, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545