पावन श्रावण महिनाको अवसरमा सन्चालित शिवपुराण महायज्ञ सम्पन्न
काठमान्डौँ । श्रावण महिनाको पावन अवसरमा ललितपुर, सातदोवाटो नजिकै सप्तेश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ यहि श्रावण १४ गते देखि सुरु भई आज समापन गरिएको छ । समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना साथै कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुरुषोक्तम कार्किले बताउनुभयो ।
हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यस शिवपुराण महायज्ञको हजारौ भक्तजनहरुले दर्शन गर्नुभएको छ । शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक ज्यो. प. रविन्द्र पराजुलीले बताउनुभयो । यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै, झाकिहरु शिव तान्डव नित्र्य पनि प्रस्तुत गरिएको थियो ।

साथै ज्यो. प.डा. रुद्रनाथ अधिकारीले श्रामण महिनामा शिवपुराण श्रवण गरे सबैभन्दा धेरै पुण्य प्राप्त हुने बताउनु भयो । एघार दिन सम्म सञ्चालनमा रहको यस यज्ञमा दर्शनार्र्थी भक्तजनहरुले गरेको दानदक्षिणा मन्दिर विकास र संरक्षणमा प्रयोग गरिने सञ्चालक समितिका कोषाध्यक्ष विष्णु घिमिरेले बताउनु भयो । आगामी दिनमा यस सप्तेश्वर महादेवको मन्दिरलाई धार्मिक स्थलको रुपमा विकास गरि नियमित रुपमा यस्तै धार्मिक कार्यक्रम सन्चालन गर्ने योजना पनि रहेको ललितपुर महानगरपालिका वडा नं. १५ का अध्यक्ष शुर्दशन मिश्रले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शिवपुराण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्