Techie IT
बिहीबार, वैशाख २५,२०८२

काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण , घरबाहिर ननिस्कन आग्रह


काठमाडौं ।लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको छ । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको हो ।

 

जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार  घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ ।

पानी पर्नका लागि न्यून चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए ।

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुला स्थानमा नबसौं, नखेलौं, मर्निङ वाक्मा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं।’

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत सचेत गराएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आँखा पोल्ने वायु प्रदूषण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545