Techie IT
बिहीबार, वैशाख २५,२०८२

बंगलादेशकी प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला


काठमाडौं ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छनरहेको बताइएको छ ।

विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशअबु अब्दुल्लाह भुइल्यानले बताएका छन्।सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो ।हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको जनाइएको छ । ।

ती लडाकुले हसिनाले भाषण गर्ने कलेजमा दुईवटा बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थियो र त्यसलाई निस्क्रिय बनाइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545