पत्रकारसैग झोक्किँदै कार्यक्रम छाडेर हिँडे देउवा

विराटनगर । नेविसंघमा देउवा अध्यक्ष रहँदा उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा विराटनगरमा पुगेको कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग झोक्किँदै कार्यक्रम छाडेर हिँडेका छन्।
सरकारमा जाने नजाने भन्ने विषयमा प्रश्न सोधेपछि देउवा पत्रकारसँग रिसाएर हिँडेका हुन्।
विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दा सभापति देउवा झोक्किँदै कार्यक्रम छाडेर हिँडेका थिए।
कांग्रेस सरकारमा कहिले जान्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन भनेका थिए।
त्यस लगत्तै त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो? भन्ने प्रश्न सुनेर देउवा रिसाएका हुन् । उनले आफू बसेको आसनबाट झोक्किँदै उठ्ने क्रममा हत्तेरिका विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी , जानुस् । भन्दै झोक्किँएका थिए ।
त्यसअघि पत्रकारले सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव कहिले लैजाने तयारी के छ ? भन्ने प्रश्नमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरूले नै अविश्वास प्रस्ताव लैजाने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##पत्रकारसैग झोक्किँदै देउवा, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्