पत्रकारसैग झोक्किँदै कार्यक्रम छाडेर हिँडे देउवा
विराटनगर । नेविसंघमा देउवा अध्यक्ष रहँदा उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा विराटनगरमा पुगेको कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग झोक्किँदै कार्यक्रम छाडेर हिँडेका छन्।
सरकारमा जाने नजाने भन्ने विषयमा प्रश्न सोधेपछि देउवा पत्रकारसँग रिसाएर हिँडेका हुन्।
विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दा सभापति देउवा झोक्किँदै कार्यक्रम छाडेर हिँडेका थिए।
कांग्रेस सरकारमा कहिले जान्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन भनेका थिए।
त्यस लगत्तै त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो? भन्ने प्रश्न सुनेर देउवा रिसाएका हुन् । उनले आफू बसेको आसनबाट झोक्किँदै उठ्ने क्रममा हत्तेरिका विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी , जानुस् । भन्दै झोक्किँएका थिए ।
त्यसअघि पत्रकारले सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव कहिले लैजाने तयारी के छ ? भन्ने प्रश्नमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरूले नै अविश्वास प्रस्ताव लैजाने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##पत्रकारसैग झोक्किँदै देउवा, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्