विचार र आचरणमा एकरूपता ल्याउन नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को २ दिनेआवासीय प्रशिक्षण तालिम शुरु

चैत्र ८ ,काठमाडौ
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आवासीय प्रशिक्षण शुरु भएको छ। आवासीय प्रशिक्षण तालिमको उद्घाटन नेपाल सरकारको उप प्रधानमत्री इश्वर पोखरेलले गरेका थिय्र कृषि विकास बैंक भक्तपुरको प्रशिक्षण केन्द्रमा भैरहेको कार्यक्रममा क्षेत्र नं ५ का ७० जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।
चैत्र ८ र ९ गते दुई दिन चल्ने आवासीय प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले वर्तमान राजनीतिक अवस्थाका वारेमा र समृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमत्री केपी शर्मा ओलीको सोचलाई सम्पूर्ण नेपाली को विचार आचरणमा एकरूपता ल्याउन यस किसिमका प्रशिक्षण लाभदायी हुने भन्दै आयोजकको प्रशंशा गरेका थिए।
पार्टी संगठन निर्माण र परिचालन ,जन संगठन निर्माण र परिचालन ,संचारको भूमिका र समन्वय ,वर्तमान राजनीतिक अवस्था र हाम्रो भूमिका ,नेपालको संघीय शासन प्रणाली र जनताको बहुदलीय जनवाद र शुखी नेपाली समृद्ध नेपाल लगायतका विषयमा हुने प्रशिक्षणमा रामशरण प्याकुरेल, कृष्ण राई,नारायण सिलवाल , योगमाया सापकोटा ,दीपक निरौला,अनुप पौडेल र मिलन धरेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन।
त्यस्तै कार्यक्रमको जानकारि दिँदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ का संयोजक दिपक निरौलाले क्षेत्रमा संगठन निर्माण ,विस्तार र परिचालनका लागि ठोस योजना निर्माण गर्न आवासीय बैठक आयोजना गरिएको बताएका थिए। यस आवासीय प्रशिक्षण बाट जनप्रतिनिधि हरू उत्साहित भयर आफ्नो क्षेत्र मा सम्पूर्ण जनता लाई विचार र आचरणमा एकरूपता ल्याउन सहयोग गर्ने बताएका छन्l
क्याटेगोरी : समाचार
ट्याग : #camera ;samyog niraula, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्