चितवनका प्रहरी निरीक्षक भट्ट बने बागमती प्रदेशको “सर्वोकृष्ट प्रहरी”
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारत प्रहरी निरीक्षक सुवास भट्ट (आइतबार) बागमती प्रदेश प्रहरी कार्यालयबाट “सर्वोत्कृष्ठ प्रहरी घोषित” भएका छन् ।
आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक भट्टलाइ “फाल्गुन महिनाको सर्वोत्कृष्ठ प्रहरी” घोषित गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका एघार जिल्लाहरु मध्यबाट प्रहरी निरीक्षक भट्ट “सर्वोत्कृष्ठ प्रहरी घोषित” भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) वसन्त कुमार लामाले जानकारी दिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्यक महिना “सर्वोकृष्ठ प्रहरी छनौट” गर्दै आइरहेको प्रदेश प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरास्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार प्रहरी निरीक्षक भट्टलाइ फागुन महिनामा निजले गरेको कामको उच्च मुल्यांकन गर्दै पुरास्कृत गरिएको बताए ।
भट्ट “सर्वोकृष्ठ प्रहरी घोषित” भएसँगै जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले उनलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी निरीक्षक भट्टलाई ‘सर्वोकृष्ठ प्रहरी घोषित” गरिएको अधिकारीले बताए ।
अधिकारीका अनुसार प्रहरी निरीक्षक भट्टले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी घोषणा” गरिएको जानकारी दिए । एक बर्ष देखी जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी निरीक्षक भट्ट ब्यवसायिक छवि भएका सिनियर प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
प्रहरी निरीक्षक भट्टलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले उनलाई सम्मान गरिएको प्रदेश प्रहरीले जनाएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी सर्वोत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आईरहेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आज (आइतबार) प्रभावकारी प्रहरी सेवा प्रवाहको लागी प्रहरी कर्मचारीहरुमा “उच्च अनुशासन” तथा “चुस्त दुरुस्त” कार्यम राख्न निर्देशन दिएका छन् ।
सम्पुर्ण प्रहरी कर्मचारीहरुको ब्यक्तीगत सरसफाई, कार्यालयहरु भवन र मेशको समेत निरिक्षण गरेका अधिकारीले उपस्तिथि प्रहरी कर्मचारीहरुलाई प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अनुशासनका बारेमा समेत जानकारी गराइ आवश्यक निर्देशन समेत प्रदान गरेका थिए ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्