क्षमताभन्दा बढी भार बोके कडा कारबाही हुन्छ : यातायात व्यवस्था विभाग
सीता पौडेल
काठमाडौँ । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारी साधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सोही ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने बताएको छ ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार क्षमताभन्दा बढी भार बोकेको पाइएमा कडा कारवाही गर्न लागिएको विभागले जनाएको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले पछिल्लो समय विभागमा मालवाहक सवारी साधनले निर्देशिकाको विपरित भार ओसारपसार गरिरहेको धेरै गुनासो आएकाले अब सो गरेको पाइएमा विभागले कडा कारवाहि गर्न लागेको जनाएका छन् । विभागले एक सूचना जारी सो निर्देशिकाको पूर्णरुपमा पालना गर्न समेत सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##यातायात व्यवस्था विभाग, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्