Techie IT
बिहीबार, वैशाख २५,२०८२

बसन्तपुरमा आज विहानै होलीको चीर ठड्याइयो :रंगहरुको पर्व होलीको विधिवत सुरुवात


काठमाडौं । आजदेखि रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात भएको छ । वसन्तपुरमा होलीको चीर ठड्याएपछि होली पर्वको विधिवत सुरुवात भएको मानिन्छ ।आज बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा होलीको चीर ठड्याएको बताइएको छ ।

फाल्गुन महिनाको पूर्णिमाका दिन मनाइने होली यस वर्ष पहाडमा चैत्र १५ गते र तराईमा चैत्र १६ गते मनाइँदैछ । होली पर्वका अवसरमा नेपाल सरकारले १५ गते पहाडी जिल्लामा र १६ गते तराईका जिल्लामा सार्वजनिक विदा दिएको जनाएको छ ।

उक्त चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व समापन हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##होलीको चीर ठड्याइयो, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545