Techie IT
बिहीबार, वैशाख २५,२०८२

नेपाली कांग्रेसका नेता नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नर्भिक पुगेर सहयोगबारे परिवारलाई जाकारी गराए


काठमाडौं । गत फागुन १४ मा मस्तिष्कघात भएपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग स्वरुप रू १० लाख दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सो निर्णय गरेको थियो ।

नेता  जोशीलाई थापाथली स्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा राजिब झालगायत चिकित्सक टोलीले भेन्टिलेटरमा राखेर उपचार गदै आइरहेएको अस्पतालले बताएको छ। । शुक्रबार विहानै नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका छन् ।

सुरुका केही दिनमा उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ ।

जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ##नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545