नेपाली कांग्रेसका नेता नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नर्भिक पुगेर सहयोगबारे परिवारलाई जाकारी गराए
काठमाडौं । गत फागुन १४ मा मस्तिष्कघात भएपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग स्वरुप रू १० लाख दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सो निर्णय गरेको थियो ।
नेता जोशीलाई थापाथली स्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा राजिब झालगायत चिकित्सक टोलीले भेन्टिलेटरमा राखेर उपचार गदै आइरहेएको अस्पतालले बताएको छ। । शुक्रबार विहानै नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका छन् ।
सुरुका केही दिनमा उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ ।
जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्