दिवाखाजा कार्यक्रमले भरतपुरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी नियमित
सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढ्दै

भरतपुर । चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । पछिल्लो समय सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नगरपालिकाले नर्सरीलाई मात्रै दिवा खाजा व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताएकी छन। ।
दिवा खाजामा महिनाको एक दिन मासु र पुलाउ , त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलोजस्ता स्वास्थ्यवर्दक खाजाको तालिका मिलाएर खुवाउने गरिएको प्रधानाध्यापक आचार्यको भनाई छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताइन ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएको उनको भनाई छ ।जसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
खैरहनी नगरपालिका नगर प्रमुख लालमणि चौधरीका अनुसार सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनु आवश्यक हुन्छ । यसो गर्न सके सामुदायिक विद्यालयबाट पनि निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको नतिजा सुधारोन्मुृख रहेको नगर प्रमुख चौधरीको भनाई छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##hot #विद्यार्थी नियमित, ##चितवनको कङ्काली माध्यमिक विद्यालय, ##दिवा खाजा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्