नेपाल-खनाल समूहको भेलाद्वारा १७ बुँदे प्रस्ताव पारित
काठमाडौँ, चैत । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरेको छ ।
भेला समापनपछि सो पक्षले पत्रकार सम्मेलनमा पारित भएको प्रस्ताव पढेर सुनाएको थियो । सो पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा फागुन २८ गरिएको निर्णय फिर्ता लिनुपर्ने भन्दै भेलाको आयोजना गरेको थियो ।
ललितपुरमा चैत ४ र ५ गते दुई दिने भेला आयोजना गर्दै सो पक्षले १७ बुँदे प्रस्ताव पारित गरेको हो ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरे पनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको आरोप लगाए ।






क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल-खनाल समूहको भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्