झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर एमालेको संसदीय बोर्ड गठन
सीता पौडेल ,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । वैठकबाट आज २४ सदस्य मनोनीत भएका छन् भने तीन सदस्य पछि थपेर बोर्डलाई पूर्णता दिइने स्रोतले बताएको छ ।
उक्त बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने गरि खनाल र नेपाल सहित विद्या भट्टराई, छविलाल विश्वकर्मा, दामोदर भण्डारी, विमला राई पौड्याल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, , राधा ज्ञवाली, विन्दा पाण्डे, राजेन्द्र राई, शेरबहादुर तामाङ लगायत २४ सदस्यलाई मनोनीत गरिएको बताइएको छ ।
बैठकले संसदीय दलको विधान संशोधनका लागि शेरबहादुर तामाङ ,विशाल भट्टराई र विमला राई पौड्याललाई समेटेर ३ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमालेको संसदीय बोर्ड गठन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्