लागुऔषध सेवन गरेर श्रीमती सन्तोषीको हत्या गरेको प्रहरीको दाबी

काठमाडौं । लागु औषधको लतमा फसेका एक व्यक्तिले गत सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई लागु औषधी सेवन गरेका बेला हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।
घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज महानगरीय प्रहरी परिसरमा सार्वजनिक गरिएको छ । यस क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने , “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” त्यसपछि दोषी श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा लिएर भागेका थिए ।
मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सापकोटा यस अघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।
घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा आज पत्रकार सम्मेलनमार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताए । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##काठमाडौँको बल्खु, #hot, #श्रीमतीको हत्या
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्