रेडक्रसलाई खाँदबारी नगरपालिकाको ८५ थान त्रिपाल सहयोग

खाँदबारी, ४ चैत्र :
नेपाल रेडक्रस सोसाईटी संखुवासभालाई खाँदबारी नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ ।
खाँदबारी नगरापालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा संखुवासभाका सभापति सरोज बज्राचार्यलाई मंगलबार एक कार्यक्रम बीच त्रिपाल हस्तान्तरण गर्नुभएको हो ।
झन्डै २ लाख बराबरको ८५ थान त्रिपाल हस्तान्तरण गर्नुहुदै नगर प्रमुख खतिवडाले जिल्लामा बिपत्त व्यवस्थापनमा अग्रणी स्थानमा रहेर काम गर्दै आएको संखुवासभा रेडक्रसलाई हरहिसाबमा जस्तोसुकै सहयोग गर्न खाँदबारी नगरपालिका तयार रहेको बताउनुभयो ।
त्रिपाल बुझ्दै नेपाल रेडक्रस संखुवासभा शाखाका सभापति बज्राचार्यले नजिकिदै गरेको मनसुनमा खाँदबारी नगरपालिकाबाट प्राप्त भएको त्रिपालले जिल्लामा आईपर्ने बिपत्तमा सहयोग पुग्ने र नगरले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।
खाँदबारी नगरपालिका अन्तर्गत बन बातावरण तथा बिपत व्यवस्थापन समितिका संयोजक निरन्जन श्रेष्ठले नगरको बिपत कोष बाट थप रकम बिनियोजन गरि अन्य विपतको सामाग्रीहरु खरिद गरि नगरको ११ वटा नै बडा कार्यालयमा उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्