जोरपाटीकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
फरार रहेका सन्तोष सापकोटालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मङ्गलवार पक्राउ गरिएको हो। सोमबार साँझ प्रहरीले सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला पारेको थियो।
सोमबार नारायण सापकोटाको घर पछाडि रहेको कोठामा बोरामा प्याक गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। बोराभित्र प्लास्टिकको डोरीले बाँधेर डल्लो बनाएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै टाउकामा गहिरो चोट तथा घाटीमा कोतारेको जस्तो डाम समेत थियो। प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको हम्मर समेत फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हम्मरले टाउकामा हानेर हत्या गरेको देखाएको छ।
श्रीमानसँग राम्रो सम्बन्ध नभएको कारण केही समयदेखि उनी जोरपाटी माइतमा बस्दै आएकी थिइन्। घटनाको बिहान करिब साढे ७ बजे उनी जोरपाटीबाट बल्खु हिँडेको प्रहरीको अनुसन्धानमा खुलेको छ। श्रीमान् फरार भएपछि प्रहरीले खोजी गरेको थियो।
सन्तोषले कानको सुनको मुन्द्रा, हातको बाला र नगद २३ हजार रुपैयाँ लिएर फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #श्रीमतीको हत्या
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्