Techie IT
शनिबार, असार ७,२०८२

राजनीति अदालतलाई हेरेर गर्ने होईन ः ढुङ्गेल

ढुङ्गेल


काठमाडौं।  नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन भन्ने बताएका छन।

ढुङ्गेलले आफ्नो फेसबुक पेजमा विचार प्रकट गर्दै एमाले पार्टीभित्र पछिल्लो समय नेकपाको आन्तरिक संघर्षको दौरानमा गरिएका जनप्रदर्सन र संगठन निर्माणको अभियानले एउटा पार्टी निर्माण भैसकेको अवस्थामा अदालतको पछिल्लो फैसलाले नेकपा एमाले व्युतिए पछि अन्तर संघर्षले नयाँ मोड लिएको हो । एउटा गम्भीर प्रश्न- वनाईएका संगठनको विचल्लि वनाएर नेतृत्वले पन्छिन पनि त मिल्दैन ।

अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन । आरोप, प्रत्यारोप र अविस्वासको जगमा खडा भएको आन्तरीक विवादलाई निरुपण गर्न विस्वासको वातावरण निर्माण गर्न जरुरी छ । चियापान, सर्वदलीय वैठक यसको वातावरण निर्माण गर्न गरिएका प्रारम्भिक प्रयत्नहरु हुन ।

नेतृत्वले आयोजना गरेका यस्ता कार्यक्रम वहिस्कार गरेर समानान्तर भेलावाट पार्टी एकता मजवुद हुन्छ र भनेर आफ्नो नेत्रित्वलाइ प्रश्न समेत गरेका हुन।

ढुङ्गेलले पार्टी मिलाउनु पर्छ तर त्यो भन्दा पहिला मेलमिलापको धरातल बलियो वनाउनु पर्छ भनेर आग्रह गरेका हुन ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545