राजनीति अदालतलाई हेरेर गर्ने होईन ः ढुङ्गेल
ढुङ्गेल
काठमाडौं। नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन भन्ने बताएका छन।
ढुङ्गेलले आफ्नो फेसबुक पेजमा विचार प्रकट गर्दै एमाले पार्टीभित्र पछिल्लो समय नेकपाको आन्तरिक संघर्षको दौरानमा गरिएका जनप्रदर्सन र संगठन निर्माणको अभियानले एउटा पार्टी निर्माण भैसकेको अवस्थामा अदालतको पछिल्लो फैसलाले नेकपा एमाले व्युतिए पछि अन्तर संघर्षले नयाँ मोड लिएको हो । एउटा गम्भीर प्रश्न- वनाईएका संगठनको विचल्लि वनाएर नेतृत्वले पन्छिन पनि त मिल्दैन ।
अदालतको फैसलामा टेकेर अगाडि वढ्नु पर्छ तर राजनीति नै अदालतलाई हेरेर गर्ने होईन । आरोप, प्रत्यारोप र अविस्वासको जगमा खडा भएको आन्तरीक विवादलाई निरुपण गर्न विस्वासको वातावरण निर्माण गर्न जरुरी छ । चियापान, सर्वदलीय वैठक यसको वातावरण निर्माण गर्न गरिएका प्रारम्भिक प्रयत्नहरु हुन ।
नेतृत्वले आयोजना गरेका यस्ता कार्यक्रम वहिस्कार गरेर समानान्तर भेलावाट पार्टी एकता मजवुद हुन्छ र भनेर आफ्नो नेत्रित्वलाइ प्रश्न समेत गरेका हुन।
ढुङ्गेलले पार्टी मिलाउनु पर्छ तर त्यो भन्दा पहिला मेलमिलापको धरातल बलियो वनाउनु पर्छ भनेर आग्रह गरेका हुन ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्