Techie IT
शनिबार, जेठ ४,२०८२

चैत ४ र ५ गते माधव लेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हुने


काठमाडौं । नेकपा एमालेको माधवलेपाल समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । आज ललितपुरका आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको छ ।

भेलाकोे सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा अपिल गरेका छन् ।

कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका भट्टराईको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##माधवलेपाल समूह, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:12 am6:48 pm +0545